जेठको दोस्रो हप्तासम्म राजावादी अभियानको टुंगो लाग्छ : डा.गुरुङ
२०८२ बैशाख ३ बुधबार
- बुधबार काठमाडौंमा आयोजित राष्ट्र निर्माणको लागि युवा प्रतिबद्धता नामक कार्यक्रममा बोल्दै उनले राजा र जनताको बीचमा अरु कुनै निकाय र दल नहुने कुरा बुझ्न जरुरी रहेको बताए ।
काठमाडौं : नेपाल ऋषि प्राज्ञ डा.जगमान गुरुङले राजावादीहरुको अभियानको अन्तिम टुंगो जेठको दोस्रो हप्तासम्म लाग्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित राष्ट्र निर्माणको लागि युवा प्रतिबद्धता नामक कार्यक्रममा बोल्दै उनले राजा र जनताको बीचमा अरु कुनै निकाय र दल नहुने कुरा बुझ्न जरुरी रहेको बताए ।
उनले भने, ‘राजा र जनताको बीचमा अरु कुनै निकाय छैन्, त्यहाँ कुनै दल नै छैन् । त्यो कुरा हामीले बुझ्नुपर्छ । अब जेठको दोस्रो हप्तासम्म धैर्य गर्नुहोस् । हाम्रो आन्दोलन सफल हुन्छ । हाम्रो अभियानको अन्तिम टुंगो जेठको दोस्रो हप्तामा हुने छ ।’
यस्तै, उनले देशमा नेतृत्वकर्ताहरु अहंकार पालेर बस्ने, युवाहरुको कुरा सुन्न नचाहने बुढाहरु रहेको भन्दै अब देश धान्ने दायित्व युवाहरुको भएको बताए ।
उनले भने, ‘अब यो देश धान्ने दायित्व युवाहरुको हो । तर हामी बुढाहरु कस्ता छौं त ? अहंकार पालेर बस्ने, बोलायो मञ्च चाहिने, मन्तव्य चाहिने फ्लोरमा बसेर युवाहरुको कुरा सुन्न नचाहने त्यस्ता बुढाहरु छन् । त्यसकारणले युवाहरु अगाडि जाग्नुपर्छ ।’
त्यस्तै, उनले राजाले पनि सार्वभौम सत्तालाई मनेर शासन गर्नुपर्ने भन्दै सार्वभौम सत्ताको सदुपयोग गर्ने दायित्व पनि राजाको नै रहेको बताए ।
‘राजाले पनि सार्वभौम सत्तालाई मनेर शासन गर्नुपर्छ र सार्वभौम सत्ताको सदुपयोग गर्ने दायित्व राजाको हो भन्ने परम्परामा हामी हुर्केका छौं । त्यसैले राजाले जनतालाई मान्ने,जनताले राजालाई मान्ने हो । त्यसैले यसको बीचमा अरु केही छैन् ।’ उनले भने
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।